युक्रेनमाथि सैन्य आक्रमणयता रुसका शीर्ष धनाढ्यहरुले ८० बिलियन डलर बढी गुमाए

युक्रेनमाथि सैन्य आक्रमणयता रुसका शीर्ष धनाढ्यहरुले ८० बिलियन डलर बढी गुमाएका छन् ।

ब्लुमबर्ग इन्डेक्सका अनुसार राष्ट्रपति भलादिमिर पुटिनले युक्रेनलाई आक्रमण गर्ने निर्णय गरेयता रुसका शीर्ष २० धनाढ्यहरुको सम्पत्ति एकतिहाइले घटेको छ ।  रुसका सबैभन्दा धनाढ्य भ्लादिमिर पोटानिनको सम्पत्ति एक चौथाइले घटेको छ । उनको सम्पत्ति २५ बिलियन डलरमा सीमित भएको छ । 

सबैभन्दा धेरै सम्पत्ति गुमाउनेमा रुसी धनाढ्यमा जेन्याडी टिमचेन्को रहेका छन् । उनको सम्पत्ति २२ बिलियन डलरबाट घटेर ११ बिलियन डलर पुगेको छ ।  त्यस्तै रुसी ग्यास कम्पनी नोभाटेकका सीईओ लियोनिड मिखेलसनले १०.५ बिलियन डलरबराबरको सम्पत्ति गुमाएका छन् । 

यसैगरी अर्का धनाढ्य एलेक्सी मोर्डासोभको सम्पत्ति ५.६ बिलियन डलरले घटेको छ । फोर्ब्सका अनुसार १२ रुसी धनाढ्य बिलिनियर्सको सूचीबाट बाहिरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *