कंगनाको ‘धाकड’ २७ मेमा प्रदर्शन हुँदै

बलिउड अभिनेत्री कंगना रणावतको बहुप्रतिक्षित एक्सन फिल्म ‘धाकड’को प्रदर्शन मितिको घोषणा भएको छ। अभिनेत्री रणावत आफैंले सामाजिक सञ्जालमार्फत फिल्म २७ मेमा प्रदर्शन हुने घोषणा गरेकी छिन्। फिल्ममा कंगना ‘एजेन्ट अग्नि’को भूमिकामा देखिएकी छन्। फिल्म एक्सन विद्यामा आधारित जासुसी र द्वन्द्वात्मक कथाले भरिएको छ।

यसअघि अप्रिल ८ मा प्रदर्शन हुने भनिएको फिल्मको कोरोना महामारीका कारण प्रदर्शन स्थगित भएको थियो। त्यसअघि फिल्म गत वर्षको अक्टोबरमा प्रदर्शन हुने भनिएको थियो। तर, त्यत्तिबेला पनि महामारीकै कारण फिल्म प्रदर्शन हुन सकेन्। लामो समयपश्चात हाल भने फेरि फिल्मको प्रदर्शन मितिको घोषणा भएको छ।

रजनीश राजी घाइले निर्देशन गरेको फिल्ममा कंगनासँगै अर्जुन रामपाल र दिव्या दत्त पनि फिल्मको मुख्य भूमिकामा छन्। फिल्मलाई भारतको मध्यप्रदेश र हंगेरीको बुढापेष्टमा छायांकन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *