28 फरवरीसम्म एलआईसी पोलिसी होल्डरहरूले पोलिसी रेकर्ड अपडेट गर्न आवश्यक

बजारको अग्रणी बीमाकर्ता र फाइनेन्सियल कङ्गलोमोरेट लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ् इण्डिया (एलआईसी)-ले प्रत्येक नीतिधारकले आफ्नो/उनको प्यान विवरणहरू आगामी पब्लिक ईश्युमा आवेदन दिनको लागि योग्य एलिजिबल पोलिसी होल्डर्स मान्नको लागि २८ फरवरी २०२२ वा अघि निगमको पोलिसी रेकर्डहरूमा अपडेट गरिएको सुनिश्चित गर्नुपर्ने बताएको छ। एलिजिबल पोलिसी होल्डर्सको लागि रिजर्वेशनको एग्रिगेट टोटल आफर साइजको १०% भन्दा बढ़ी हुनुहुँदैन भन्ने एलआईसीले बताएको छ।

एलआईसी र भारत सरकारले, बीआरएलएमसँग परामर्श गरी, एलिजिबल पोलिसी होल्डर्सलाई प्रस्ताव मूल्यमा छुट प्रस्ताव गर्न सक्नेछ। आवश्यक अनुमोदनहरूको अधीनमा, र जसको घोषणा कम्तिमा बिड/आफर ओपनिमङ्ग दुई कार्य दिन अघि गरिने बताइएको छ। एलआईसीले बिक्रीको लागि प्रस्ताव मार्फत ₹१० को अंकित मूल्यको ३१६,२४९,८८५ इक्विटी शेयरसम्मको इनिशियल पब्लिक आफर (आईपीओ) प्रस्ताव गर्दैछ। यसको निम्ति कर्मचारी आरक्षण अङ्श एलआईसीको पोस्ट-अफर इक्विटी शेयर पुँजीको ५.००% भन्दा बढ़ी हुनुहुँदैन। ब्राण्ड फाइनान्सद्वारा जारी “इन्स्योरेण्स १००, २०२१ रिपोर्ट” अनुसार एलआईसीलाई तेस्रो बलियो र दशौं सबैभन्दा भ्याल्युएबल ग्लोबल इन्स्योरेन्स ब्राण्डको रूपमा मान्यता दिइएको छ। ब्राण्ड एलआईसी लाई डब्लुपीपी कान्तारले २०१८, २०१९ र २०२० को लागि ब्राण्डजेडटिएम टप-७५ मोस्ट भ्याल्युएबल ब्राण्ड इन इण्डियाको रिपोर्टमा भारतको दोस्रो-सबैभन्दा भ्याल्युएबल ब्राण्डको रूपमा मान्यता दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *