भारत-नेपाल सीमा क्षेत्रमा माघे मेला आयोजन

भारत-नेपालसंलग्न खोरीबारी प्रखण्डको डांगुजोतदेखि प्रायः पाँच किलोमीटर स्थित नेपालको झापा जिल्लाको कियाबारी ( पृथ्वीनगर) गाउँमा स्थित महाभारतकालीन कीचक पधमा गत सैकड़ौं वर्षोदेखि माघ महिनाको पूर्णिमाको दिन मेलाको आयोजन हुने गर्दछ । यद्यपि, यो वर्ष कोरोना महामारीलाई ध्यानमा राख्दै श्रद्धालुहरूलाई पूजा-अर्चना गर्न मात्र दिइयो ।कीचक बधका पुरोहित ढुङ्गानाले बताए, महाभारतकालमा एक वर्ष अज्ञातवास अवधि मत्स्य देशका सेनापति कीचकवध महाराज पाण्डव पुत्र भीमले गरेका थिए यही ठाउँमा भीमले महारानी सुदेशनाका भाई सेनापति कीचकलाई लड़ाइँमा मारेका थिए। यसै खुशीमा प्रत्येकवर्षको माघ महिनाको पूर्णिमाको दिन कीचक बध मेला आयोजन हुन्छ।

यस मेलामा भारत-नेपालका मानिसहरूले मिलेर हिन्दु रीतिरिवाजसँग पालन गर्नेगर्छ। अधिक संख्यामा दुवै देशका श्रद्धालुहरूले मन्दिरमा आएर पूजा- अर्चना गर्छन् । नेपालको डोन्जो खोलानजिक सैकड़ौं वर्षदेखि कीचक वध मेलाको आयोजन हुँदै आइरहेको छ । पुरोहित ढुङ्गानाले महाभारतकालीन घटनाको सन्दर्भमा बताए, १२ वर्ष वनवासपछि पाण्डवलाई एक वर्षको अज्ञात वास बिताउनु पर्नेथ्यो । तिनीहरूले राजा विराटको दरवारमा भेष बदलेर नौकरको रूपमा कार्य गर्नथाले यस अवधि राजा विराटकी पत्नी महारानी सुदेशनाका भाई कीचकले द्रोपदीसँग दुर्व्यहार गरे जसले द्रोपदीले यसको विरोध गरेकी थिइन् । द्रोपदीले उक्त जम्मै कुराहरू आफ्नो पति भीमलाई बताए ।

उक्त विषयलिएर भीम र कीचकमाझ मल्ल युद्ध भयो, धेरै लामो लड़ाइँपछि भीमले कीचकलाई मारे। बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको दिनेदेखि माघ महिनाको पूर्णिमासम्म १० दिने महाभारत कथाको आयोजन हुनेगर्छ। कीचक वध धाम कमिटीका अध्यक्ष दिलबहादुर थेवेले बताए, प्रत्येक वर्ष हुने माघी पूर्णिमा मेलामा यहाँ लाखौं भक्तहरूको समागम हुनेगर्छन् । यद्यपि यो वर्ष महामारीलाई ध्यानमा राख्दै श्रद्धालुहरूलाई पूजा-अर्चना गर्ने अनुमति प्रदान गरियो ।

धेरै श्रद्धालुहरूले यहाँ मनोकामना माग्ने गर्छन् र मनोकामना पूर्ण भएपछि फल-फूल, बतासा, कबूतर, बाख्रा आदि चढ़ाउने गर्छन् । श्री थेवाले बताए, उक्त स्थान नेपाल पुरातत्व विभागद्वारा अहिलेसम्म ७ चरणमा खनन गरिसकेको छ जसमा तबेला जस्तो देख्ने २२ मीटर लामो एवं १७ मीटर चौड़ा एक तल्ले भवन पार्यौ साथै माटोको भाँड़ा, माटोको ईंटा जस्तो प्लेट ( टायल्स), घोड़ा र हातीले घिस्रोमा लगाउने वस्तु, मिसाइल आकरको माटोको सामग्री, ढुङ्गाको थाल, माटोको घैला, वाण, नागको मूर्ति एवं लोहाको छुरी इत्याद पाइयो त्यही खोरीबारी डांगुजोत निवासी मनोज महतोले बताए, नेपालस्थित कीचक वध मेला ऐतिहासक मेला हो । मेलामा सर्कस, झुलुङ्गा, वोट आदि लगाएको छ। कोरोनाकाल पूर्व मेलामा निजी कम्पनीको तर्फबाट हेलिकप्टरको व्यवस्था थियो जसले निर्धारित मूल्यमा मेला क्षेत्रको विपरि भ्रमण गराउँथे|

Leave a Reply

Your email address will not be published. Required fields are marked *