कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

असोज २५ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज २३ गते कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं(खनपरुदे प्रकाहा)को निधन भएकाले केन्द्रीय कार्यसमितको बैठक स्थगित गरिएको हो । 

प्रसाईंको शुक्रबार काठमाडौंस्थित ॐ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । प्रसाईंको निधनमा कांग्रेसले असोज २४, २५ र २६ गते पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने बताएको छ ।

त्यस्तै असोज २५ गते केन्द्र र मातहतका सबै कार्यालय बन्द गर्ने तथा १३औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *