सगरमाथाको अग्लो ग्लेशियर द्रुत गतिमा पग्लिरहेछ

जलवायु परिवर्तनका कारण सगरमाथाको सबैभन्दा उचाईमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको एक नयाँ अध्ययनले देखाएको छ। मेन विश्वविद्यालयका खोजकर्ताहरुको नेतृत्वमा भएको अध्ययनले साउथ कोल ग्लेसियर (हिमनदी) ले पछिल्ला २५ वर्षमा १८० फिट (५४ मिटर) भन्दा अधिक मोटाई गुमाएको पत्ता लगाएका हुन्।

समुन्द्री सतहबाट करिब ७,९०६ मिटर उचाइमा रहेको साउथ कोल ग्लेशियरले पहिलो पटक बरफ जम्न लगाएको समयभन्दा भन्दा ८० गुणा छिटो बरफ गुमाइरहेको पाइएको छ। यसरी द्रुत गतिमा हिमनदी पग्लिनुको कारक बढ्दो तापक्रम र तेज हावा रहेको देखिएको छ। २,००० वर्ष लागेर जमेको हिँउ सन् १९९० को दशकयता पग्लिसकेको अध्ययनले देखाएको छ । नेचर जर्नलमा प्रकाशित यो अध्ययनका अध्ययनका प्रमुख अन्वेषकहरू मध्येका एक डा मारिउज पोटोकीले साउथ कोल ग्लेशियर द्रुत गतीमा पग्लिरहेको बताएका छन् । अध्ययनका अर्का लेखक, किंग्स कलेज लन्डनका जलवायु वैज्ञानिक डा टम म्याथ्यूजले यो ग्लेशियर तीव्र गतिमा पग्लिनु पछाडि यो क्षेत्रको मौसम परिवर्तन कारण नभएको बताएका छन् ।१० वैज्ञानिकहरूको टोलीले सगरमाथाको यो ग्लेशियरको भ्रमण गरेका थिए । उनीहरूले यहाँ विश्वको दुईवटा उच्च मौसम निगरानी स्टेशनहरू स्थापना गरेका थिए र १० मीटर लामो बरफको भित्रिसतहबाट नमुना निकालेका थिए ।

यो अध्ययनले जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेको ठूलो संकटलाई झनै प्रष्ट पारेको छ । यसका साथै यसले पर्वतारोहीहरूलाई आरोणमा कठिनाइ पार्नुका साथै पिउने पानी एवं सिँचाइका लागि ग्लेशियरमा निर्भर हुनेहरूलाई खतरामा पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *