मेटा प्लेटफर्म्स इंकको चौथो त्रैमासिक नतिजा विश्लेषकहरूको अपेक्षाभन्दा कम भएपछी मार्क जुकरबर्गको सम्पत्ति ३१ बिलियन डलरसम्म घटेको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो एकदिवसीय गिरावट हो।
मेटा ऐतिहासिक स्टक कोल्यापसको बीचमा छ जब बुधबारको आम्दानीले मासिक फेसबुक प्रयोगकर्ताहरूमा अघिल्लो अवधिको तुलनामा कुनै वृद्धि देखाएको छैन जसले कम्पनीको भविष्यको वृद्धिको बारेमा चिन्ता बढाउँद्छ। न्यूयोर्कमा बिहीबार बिहान १०:२५ बजे शेयर २४% घट्यो। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मेटाको तीव्र गिरावटले कम्पनीका प्रमुख कार्यकारी अधिकृत जुकरबर्गको नेटवर्थलाई लगभग $१२०.६ बिलियनबाट तल झारेर $९२ बिलियनमा छोडेको छ। जुलाई २०१५ पछि पहिलो पटक ३७ वर्षीयालाई विश्वको शीर्ष १० धनी व्यक्तिहरूको सूचीबाट बाहिर धकेल्न यो कारण पर्याप्त छ।