‘आरआरआर’पछि जुनियर एनटीआरसँग अर्को तेलुगू फिल्म गर्दै आलिया

बलिउड अभिनेत्री आलिया भट्टले तेलुगू चलचित्र ‘आरआरआर’मा केमियो भूमिकामा काम गरेकी छन् । चलचित्रमा केमियो भूमिकामा काम गरेपनि आलियाको चर्चा निक्कै छ । चलचित्रको प्रमोसनमा पनि उनी दौडिरहेकी थिइन् ।

‘आरआरआर’मा काम गरेपछि बलिउडकी यी सुन्दरीलाई तेलुगू चलचित्र उद्योगले एकदमै आकर्षित गरेको देखिन्छ । आलिया अब अन्य तेलुगू चलचित्रमा पनि काम गर्ने तयारीमा छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार आलियाले नयाँ तेलुगू चलचित्र साइन गरेकी छन् । चलचित्रमा नायकको रुपमा तेलुगू स्टार जुयिनर एनटीआरको मुख्य भूमिका रहनेछ । एनटीआरले चलचित्र ‘आरआरआर’मा पनि मुख्य भूमिकामा छन् ।

नाम तय गरिनसकेको यो चलचित्रलाई कोराटाला शिवाले निर्देशन गर्दैछन् । शिवाले जुनियर एनटीआरसँग सन् २०१६ मा ‘जनता ग्यारेज’ नामक हिट चलचित्र बनाइसकेका छन् ।

साउथ इण्डियन चलचित्रहरुले उत्तरी भारतलगायत विश्व बजारमै आफ्नो प्रभाव जमाउँदै लगेपछि बलिउड अभिनेत्रीहरुको पनि आकर्षण बढ्न थालेको हो । बलिउडका निर्माताले समेत धमाधम साउथका चलचित्र रिमेकको घोषणा गरिरहेका छन् । अब बलिउडका अभिनेता र अभिनेत्री पनि साउथ चलचित्रमा काम गर्न उत्साहित हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *