होण्डा ग्राजिया१२५ ले २ लाख ग्राहकहरुको माइलस्टोन हासिल गरेको छ

पूर्वी भारतको टू व्हीलर सवारीसाधनमा गहिरो प्रवेश गर्दै, होण्डा मोटरसाइकल र स्कुटर इण्डियाले घोषणा गर्‍यो कि स्पोर्टी स्टनिङ जीनियस – ग्राजिया१२५ मा अब यस क्षेत्रका २ लाखभन्दा बढी परिवारहरूको विश्वास छ।

ग्राजिया१२५ को लागि यो उल्लेखनीय उपलब्धि पूर्वी राज्यहरू बिहार, पश्चिम बंगाल, झारखण्ड, मणिपुर, अरुणाचल प्रदेश, मेघालय, मिजोरम, त्रिपुरा, सिक्किम, ओडिशा, नागाल्याण्ड र असमका युवाहरूमाझ बढ्दो मागद्वारा सण्चालित छ। होण्डा मोटरसाइकल एण्ड स्कुटर इण्डिया प्राइभेट लिमिटेड, सेल्स एण्ड मार्केटिङ ​​डायरेक्टर श्री यादविन्दर सिंह गुलेरियाले भने, “यो ठूलो गर्वको क्षण हो र यस क्षेत्रका २ लाख खुसी र सन्तुष्ट ग्राजिया१२५ ग्राहकहरूको गवाही हो। युवावस्था र रमाइलो व्यक्तित्वको प्रतिक, ग्राजिया१२५ ले धेरै वर्षहरूमा अझ बोल्ड फीचर्सहरू र स्ट्राङ रोड प्रेजेन्सको साथ आफूलाई पुन: निर्माण गरेको छ।” होण्डा को १०२० टचपोइन्टहरूले उत्कृष्ट सेवा अनुभव प्रदान गर्दछ साथै ग्राहकहरूलाई छनौट गर्नका लागि स्कूटर र मोटरसाइकलहरूको विश्व स्तरीय बीएसभीआई लाइन-अप प्रदान गर्दछ। होण्डाको टू व्हीलर गाडीको लाइन अप एकै समयमा अनलाइन र यसको डिलरशिपहरूमा पनि उपलब्ध छ। ग्राहकहरूले अब होण्डाको आधिकारिक वेबसाइट (www.honda2wheelersindia.com) मा गएर अनलाइन खरिद/बुकिङ च्यानलमा रिडिरेक्ट गर्ने ‘बुक नाउ’ ट्याबमा क्लिक गरेर उत्पादनहरू अन्वेषण गर्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *