भारतमा एकै दिन २ लाख ८६ हजारमा कोरोना संक्रमण : ५ सय ७३ को मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा  २ लाख ८६ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ। साथै ५७३ संक्रमितको  मृत्यु भएको छ। 

स्वास्थ्य विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ३ सय ५७ जना सङ्क्रमणमुक्त भएका छन्। त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या २२ लाख २ हजार ४७२ पुगेको छ । यो दैनिक १९. ५९% हो। यसअघि बुधबार एकै दिन २ लाख ८५ हजार ९१४ मा संक्रमण देखिएको थियो। हाल भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८५ हजार ११६ पुगेको छ।  मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार १२७ पुगेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *