अनुष्काले प्रियंकालाई भनिन्ः अनिँदो रातका लागि तयार हुनु

बलिउड अभिनेत्री प्रियंका चोपडालाई आमा बनेकोमा अर्की अभिनेत्री अनुष्काले बधाई दिएकी छिन्। केही समयअघि आमा बनेकी अनुष्काले प्रियंका र नीकलाई बधाई दिदै अनिदो रातका लागि तयार रहन सुझाव समेत दिएकी छिन्।

अनुष्काले सामाजिक सञ्जाल इन्स्ट्राग्राम मार्फत प्रियंका र नीकको जोडीलाई बधाई दिएकी हुन्। उनले लेखेकी छिन् ‘बधाई प्रियंका चोपडा र निक जोनस। अनिँदो रातहरु अनि अतुलनीय खुशी र मायाका लागि तयार रहनुहोस्। सानीलाई धेरै माया।’

अनुष्का शर्मा र विराट कोहलीकी छोरी एक वर्षकी भएकी छिन्। आफ्नी छोरीसँग बिताएको एक वर्षको आधारमा प्रियंकालाई अनुष्काले सुझाव दिएकी हुन्। प्रियंका र नीकले सेरोगेसी मार्फत पहिलो सन्तानलाई जन्म दिएका छन्। केही दिनअघि पहिलो सन्तानका रुपमा छोरीलाई जन्मदिएको यो जोडी दुई सन्तान जन्माउने योजनामा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *