नेताजीको मूर्तिको चश्मा भाँच्ने उपद्रवीलाई दण्डको माग

नेताजी सुभाषचन्द्र बोसको १२५औँ जन्मजयन्ती गत २३ जनवरी देशसहित सिलगढ़ी शहरमा धुमधामसँग पालन गरियो । सिलगढ़ीको सुभाषपल्लीस्थित नेताजीको मूर्तिमा विभिन्न राजनैतिक दलका शीर्ष नेताहरूले माल्यार्पण गरेर श्रद्धाञ्जली चढ़ाएका थिए केन्द्र सरकारले नेताजीलाई श्रद्धाञ्जली दिदै इण्डिया गेटमा नेताजीको जन्मदिनमा एउटा मूर्ति अनावरण गर्ने फसेला गयो । त्यही सिलगढ़ीको सुभाषपल्लीस्थित नेताजी मूर्तिको चश्मा तोड्ने कार्य भएको छ । नेताजीको चश्मा तोडिदिएको घटनाले स्थानीय मानिसहरू क्षुब्ध भएका छन्। यो एउटा लज्जाजनक घटना हो। राजनैतिक दलहरूले पनि घटनाबारे प्रश्न उठाएका छन् । तर घटना प्रकाशमा आएपछि स्थानीय मानिहरूले नेताजी मूर्तिबाट भाँचिएको चश्मा हटाइदिएका छन् ।

खबर पाएर सिलगढ़ी थानाका पुलिस घटनास्थलमा पुगेको छ । इलाकाको सीसीटीभी क्यामेरा फटेज हेरेर पलिस जाँचमा जुटेको छ । कसले यस्तो नराम्रो काम गरेको हो तिनीहरूलाई पक्राउ गरेर उचित दण्ड दिनुपर्ने स्थानीय मानिसहरूले माग गरेका छन् । तृणमूल नेता रञ्जन सरकारले यस घटनाको घोर निन्दा गरेका छन् । सीपीएम नेता एवं भूतपूर्व मेयर अशोक भट्टाचार्यले पनि घटनाको तीव्र निन्दा गरे । भट्टाचार्यले भने, पहिले पनि शहरमा स्थापित विद्यासागर मूर्तिमा मास्क लगाइदिएको घटना प्रकाशमा आएको थियो भने यसपालि नेताजीको मूर्तिमा चश्मा भाँचिदिने घटना घटयो ।

शहरमा रक्सी दोकानहरू अबेर रातिसम्म खुल्ला रहन्छन् । यस्तैमा नशा गरेर यस्तो नराम्रो काम गरेको हुनसक्छ । तिनले अझ भने, शहरमा सीसीटीभा क्यामेरा भए पनि त्यसलाई मनिटोरिङ गरिदैन । उल्लेखनीय छ, यसभन्दा पहिले सिलगढ़ीको जलपाई मोड़मा विनय, बादल, दिनेशको मूर्तिको हातबाट हतियार चोरी गरिएको थियो । त्यस घटनालाई पनि शहरका मानिसहरूले घोर निन्दा गरेका थिए। यसपालि नेताजी सुभाषचन्द्र बोसलाई अपमानित गर्ने घटना भएको छ । दोषीहरूलाई चाँड़ै पक्राउ गरेर उचित दण्ड दिनपर्ने माग चलिएको छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *