आमा बनिन् प्रियंका चोपड़ा

बलिउड तथा हलिउड चलचित्रमा आफ्नो बलियो पकड़ बनाएकी नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोगेसीको मद्दतले आमा बनेकी हुन् । सामाजिक संजालबाट यो कुराको जानकारी दिदै प्रियंकाले आफूहरुको गोपनियताको ख्याल राखिदिन सबैसँग आग्रह गरेकी छिन् उनले लेखेकी छिन् ‘हामीले सरोगेसीको माध्यमबाट एक बच्चालाई हाम्रो जीवनमा स्वागत गरेका छौं । हामी हाम्रो परिवारका लागि सबैसँग यो आग्रह गर्न चाहन्छौं कि यो समयमा हाम्रो गोपनियताको राखिदिनुहोला ।

ध्यानमा नायिका चोपडाले सन् २०१८ मा निक जोनससँग बिहे गरेकी थिइन् केही समय प्रेम सम्बन्धमा रहेपछि चोपडा ले गायक जोनससँग उदयपुरमा हिन्दु परम्परा अनुसार बिहे गरेकी थिइन् तर, केही समय अगाडि प्रियंका र निकको डिभोर्सको चर्चा समेत चलेको थियो । प्रियंकाले सामाजिक संजालबाट आफ्नो नामको पछाडि जोडिएको जोनस थर हटाएपछि यस्तो चर्चा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *