कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँदिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले आइतबार बताएका छन् ।‘दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु । यसबारेको आदेश चााडै जारी गरिनेछ,’ सिसोडियालाई उद्धृत गर्दै भारतको राष्ट्रिय दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतका शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक रुपमा भएपनि खोलिने हल्लाबीच उक्त घोषणा सार्वजनिक भएको हो । यस पहिलेको निर्देशनमा महामारीका कारण नयाा दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५ सम्म बन्द गर्ने उल्लेख गरिएको थियो ।
Related Posts
विधानसभा चुनाव परिणाम घोषित भएदेखि नै राज्यभर राजनीतिक हिंसा जारी छ।
- Editor
- May 5, 2021
- 0
अहिलेसम्म १ जना मानिस राजनीतिक हिंसामा मारिएका छन्। यसको साथसाथै तोडफोड र आगो लगाउने प्रक्रिया जारी छ। गत केही दिनमा राज्यको विभिन्न भागमा करीव १० […]
जमाल खसोग्जी: ‘पक्राउ र हत्या गर्ने योजनालाई साउदी युवराजको स्वीकृति’
- Editor
- February 27, 2021
- 0
अमेरिकी गुप्तचर निकायको रिपोर्टले साउदी युवराज मोहम्मद बिन सलमानले निर्वासनमा रहेका पत्रकार जमाल खसोग्जीको सन् २०१८ मा भएको हत्याको स्वीकृति दिएको पाएको छ। बाइडन प्रशासनले […]
भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यानथलाई ज्यान मार्ने धम्की आएको छ ।
- Editor
- April 6, 2021
- 0
मुम्बईस्थित केन्द्रीय प्रहरीलाई गृहमन्त्री र मुख्यमन्त्रीको हत्या हुने भन्दै इमेल प्राप्त भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । इमेलमा लेखिएको छ, ‘केही दिनभित्रमा गृहमन्त्री अमित […]