नेताजीको मूर्ति इण्डिया गेट-मा स्थापित गरिने २३ जनवरी प्रधानमन्त्रीले गर्ने होलोग्राम प्रतिमा अनावरण

स्वतन्त्रता सेनानी नेताजी सुभाष चन्द्र बोसको एउटा विशाल मूर्ति इण्डिया गेट गोल चक्करमा स्थापित गरिनेछ। आउँदो आइतवार २३ जनवरी नेताजी सुभाष चन्द्र बोसको जयन्तीमा तिनको होलोग्राम प्रतिम को अनावरण गरिनेछ । स्वाधीनता आन्दोलनमा नेताजीको योगदानको सम्मान जनाउँदै इण्डिया गेटमा तिनको प्रतिमा अनावरण गरिन लागेको हो प्रधानमन्त्री नरेन्द्र म दीले यसअघि ट्वीट गरेर इण्डिया गेटमा नेताजीको ग्रेनाइटको प्रतिमा बनाउने घोषणा गरेका थिए । मोदीले आफ्नो ट्रीटमा लेखे, यस्तो अवसरमा जब सम्पूर्ण देशले नेताजीको १२५औं जयन्ती म नाइरहेको छ तब ग्रेनाइटले निर्मित तिनको भव्य प्रतिमा इण्डिया गेटमा स्थापित गर्ने कुरा बताउँदा मलाई औधी खुशी अनुभव भइरहेको छ, यो तिनीप्रति भारतको कृतज्ञताको प्रतीक हुनेछ ।

मोटरमा यस्तो घोषणा गर्दै भनेअनुसार त्यहाँ नेताजीको भव्य प्रतिमा स्थापित नगरिएसम्म होलोग्रामको प्रतिमा रहिरहनेछ ।यस सम्बन्धमा प्रधानमन्त्रीले दोस्रो वीटमा लेखे, जबसम्म नेताजीको भव्य प्रतिमाको निर्माण कार्य पूरा हुँदैन तबसम्म तिनको एउटा होलोग्राम प्रतिमा त्यसै स्थानमा रहिरहनेछ, नेताजी जयन्तीको दिन २३ जनवरी त्यस होलोग्राम प्रतिमाको अनावरण गर्नेछु । यसको साथै तिनले शेडको तल ग्रेनाइट अनि होलोग्राम प्रतिमाको चित्र पनि साझा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *