भारतीय बजारमा टोयोटा किर्लोस्कर मोटरको हिलक्स

टोयोटा किर्लोस्कर मोटर (टीकेएम)-ले कठिन भूभागमा अफ-रोडिङ एडभेञ्चर ड्राइभहरू र दैनिक शहरको प्रयोगको लागि सबैभन्दा उपयुक्त अविश्वसनीय जीवनशैली उपयोगिता सवारी साधन खोज्ने ग्राहकहरूका आवश्यकताहरू पूरा गर्न भारतीय बजारमा प्रतिष्ठित हिलक्स लञ्च गरेको छ। टोयोटा मोटर कर्पोरेशन (टीएमसी)-का प्रमुख अभियन्ता योशिकी कोनिशी, टोयोटा क्षेत्रीय प्रमुख अभियन्ता जुराचार्ट जोङसुक, टीकेएमका प्रबन्धन निदेशक मसाकाजू योशिमुरा, टीकेएमका सेल्स एण्ड कस्टमर सर्विसका उपाध्यक्ष तदाशी असज़ुमा र टीकेएम जेनेरल म्यानेजर अफ् स्ट्रेटेजिक बिजनेस यूनिट, विसेलिन सिगामनीको उपस्थितिमा एक मेगा इभेन्टमा बहुप्रतिक्षित जीवनशैली टोयोटा हिलक्स लञ्च गरियो।
विश्वव्यापी रूपमा, हिलक्सको बिक्री 180 भन्दा बढ़ी देशमा 20 मिलियन यूनिटहरू पार गरिसकेको छ। विश्वस्तरीय इञ्जिनियरिङ्, परिष्कृत सुरक्षा, उन्नत प्रविधि र बेस्ट-इन-क्लास कम्फर्टको साथ, टोयोटा हिलक्सले धेरै फर्स्ट-इन-सेगमेन्ट सुविधाहरू प्रदान गर्दछ। हिलक्स यसको वर्गमा परफर्मेन्स, पावर र ईन्धन दक्षताको एक अतुलनीय संयोजन हो। हिलक्सले ग्लैमरस इण्टेरियरसँग राम्रोसँग मेल-मिलाप गरेर सबैभन्दा उन्नत अनुभव प्रदान गर्दछ। एण्ड्रोइड अटो र एप्पल कारप्लेको साथमा रहेको ट्याब्लेट स्टाइल 8 टचस्क्रिन इन्फोटेनमेण्ट सिस्टमले सधैं नियन्त्रणमा रहेको सुनिश्चित गर्दछ। टोयोटा हिलक्सको लागि बुकिङ खुला छ। एक्स-शोरूम मूल्यहरू मार्च, अप्रेल 2022-मा डेलिवरी शुरु हुनुअघि घोषणा गरिनेछ। ग्राहकहरूले या त कार अनलाइन बुक गर्न सक्छन् (www.toyotabharat.com) वा आफ्नो नजिकको टोयोटा डिलरशिपमा बुक गर्न सक्छन्। टोयोटा भर्चुअल शोरुमले ग्राहकहरुलाई घरमै बसेर हिलक्सको अनुभव लिन सक्षम बनाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *