भारतमा कोरोनाबाट एकैदिन ७०३ को मृत्यु, करिब साढे तीन लाख जनामा संक्रमण

भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ७०३ जनाको मृत्यु भएको छ। पछिल्लो समयमा मर्नेको यो संख्या उच्च हो।  यसअघि अक्टुबर २८ मा ८०७ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए।
यसपछि केही दिनसम्म मृत्यु हुनेको संख्या ६ सय नाघेको थियो।
 यस्तै पछिल्लो २४ घन्टामा ३ लाख ४७ हजार  २५४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन‍्। करिब साढे तीन लाख संक्रमित  थपिदा २  लाख ५२ हजार ७७७ जना कोरोनामुक्त भएका छन्।
 बिहीबार मात्रै ३ लाख बढीमा कोरोना  संक्रमण देखिएको थियो। बुधबारको तुलनामा शुक्रबार २९ हजार ७२२ बढीमा  संक्रमण देखिएको हो। भारतमा दैनिक संक्रमण दर १७.९४ प्रतिशत र साप्ताहिक  संक्रमण दर १६.५६ प्रतिशत रहेको छ।
 भारतमा हाल सक्रिय संक्रमितको संख्या २०  लाख १८ हजार ८२५ पुगेको छ। हालसम्म कोरोनाबाट ४ लाख ८८ हजार ३९६ जनाले  ज्यान गुमाइसकेका छन्। कोरोनासँगै नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा  फैलिरहेको छ। यहाँ ओमिक्रोन संक्रमितको संख्या ९ हजार ६९२ पुगेको छ।  बिहीबारको तुलनामा संक्रमण दर ४.३६ प्रतिशतले बढी हो।
By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *