‘सीआईडी’का ‘प्रद्युमन’सँग छैन काम, भन्छन्- मेरा लागि दुर्भाग्य हो

लोकप्रिय क्राइम सिरियल ‘सीआईडी’मा अभिनय गरेर दर्शकको मन जितेका कलाकार शिवाजी साटमले आफूसँग काम नभएको बताएका छन् । यो लोकप्रिय सिरियलमा ‘एसीपी प्रद्युमन’को नामबाट दर्शकमाझ परिचित शिवाजीले यो समय आफूसँग काम नभएको बताएका हुन् ।

‘सीआईडी’बाट लोकप्रिय भएपनि शिवाजीसँग आज काम छैन र उनी घरमै आराम गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, ‘म यो भन्न सक्दिनँ कि, मलाई कामको कुनै अभाव छैन । मलाई नयाँ अफर मिलेको छैन । एक-दुईवटा अफर आएका छन्, तर तिनले मेरो मन जितेनन् । म मराठी थिएटरबाट आएको हुँ । मैले आजसम्म आफूलाई मन परेको प्रोजेक्टमा मात्र काम गरेको छु ।’

उनले अगाडि भने, ‘यो दुर्भाग्य हो कि, अब पावरफुल क्यारेक्टर लेख्न छाडिएको छ । यो मेकर र कलाकारका लागि नै दुर्भाग्यको कुरा हो । एक कलाकार भएको नाताले म राम्रो काम मिस गरिरहेको छु । दर्शकले पनि राम्रो कलाकारलाई मिस गरिरहेका छन् ।’

शिवाजीले आफूलाई पुलिस अफिसरकै भूमिकाबाट अफर आएको बताएका छन् । तर, अब आफू यस्तो भूमिका गर्ने पक्षमा नभएको उनले बताए । यदि ‘सीआईडी’ फेरि शुरु भयो भने प्रहरी अफिसरको भूमिका गर्नमा कुनै आपत्ति नभएको भने उनले बताए । अहिले आफू घरमा बस्दा बस्दा दिक्क भएको शिवाजीले गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *