पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुको हिजो राति हृदयाघातका कारण निधन भएको हो ।

भारतीय कथक सम्राट पण्डित बिर्जु महाराजको हृदयाघातका कारण निधन भएको छ । पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुको हिजो राति हृदयाघातका कारण निधन भएको हो ।

हिजो राति बिर्जु नातिसँग खेलिरहेका थिए । सोही समयमा उनलाई हृदयाघात भई बेहोस भएका थिए । त्यसपछि नयाँदिल्लीकै साकेतको एक अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारले बिर्जुलाई केही दिनअघि मृगौलामा समस्या देखिएपछि डायलाइसिस गरिएको जनाएको छ । उनको निधनमा बलिउडकर्मीले श्रद्धाञ्जली दिएका छन् । यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत बिरजुको निधनमा शोक व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *