भारतमा एकै दिन २ लाख ६४ हजार नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार मानिस कोरोना भाइरस संक्रमित भएका छन्। यसमा ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या ५ हजार ७ सय ५३ संक्रमित रहेका छन्। भारतको स्वास्थ्य मन्त्रालयको अनुसार ३ सय १५ जनाको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ।

बिबिसी हिन्दीका अनुसार कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या १ लाख ९ हजार ३ सय ४५ रहेको छ। संक्रमणको दर भने १४ दशमलव ७८ प्रतिशत रहेको छ।

भारतमा कोरोनाको संक्रमण तिव्र रुपमा भईरहेको छ। सरकारले यसको प्रभाव रोक्न खोप कार्यक्रमलाई पनि अगाडि बढाइरहेको छ। दिनमा ७३ लाख भन्दा धेरै मानिसलाई खोप लगाइरहेको र हालसम्म भारतका १ अरब ५५ करोड जनसंख्यालाई खोप लगाइएसकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *