स्वामीको महत्त्व अझ प्रासङ्गिक भइरहेको छ: ममता बन्दोपाध्याय

आज मुख्यमन्त्री ममता बन्दोपाध्यायले स्वामी विवेकानन्दलाई श्रद्धाञ्जली अर्पण गरेकी छन्। बुधवार १६० औं जन्मजयन्तीको अवसरमा कलकत्तास्थित स्वामीको पैतृक आवासमा पुगेर मुख्यमन्त्रीले विवेकानन्दलाई श्रद्धाञ्जली अर्पण गरिन् । स्वामीलाई श्रद्धाञ्जली अर्पण गर्दै ममता बन्दोपाध्यायले भनिन्, थुप्रै वीर सन्तानहरूको जन्मभूमि यस बङ्गालमा स्वामी आज पनि एक अपार विस्मय हुन् प्रत्येक दिन, प्रत्येक क्षण यो देश अनि यस जातिको प्रगतिमा स्वामीको महत्त्व अझ प्रास‌ङ्गिक भइरहेको छ नौलो नौलो स्वरूपमा।

जाति, धर्म, वर्णको परिप्रेक्ष्यमा स्वामीले सबै भारतवासीलाई अँगालेर अघि बढ्ने शिक्षा दिएका थिए मुख्यमन्त्री ममता बन्दोपाध्यायले अझ भनिन्, हाम्रो चिन्तनमा अनि हाम्रो मननमा स्वामी सदैव विराजमान छन् उनलाई आदर्श बनाएर हामी अघि बढ्नुपर्छ । आज यिनै युगावतारको जन्मजयन्तीमा उनकै पैतृक घर पुगेर श्रद्धा अर्पण गरेँ । त्यसपछि मुख्यमन्त्री बाबुघाटतर्फ प्रस्थान भइन् । बाबुघाट पुगेर मुख्यमन्त्रीले श्रद्धालुहरूका लागि बनाइएको विश्राम शिविरको परिदर्शन गरिन् ।

कोरोना सङ्क्रमणको कारण गङ्गासागर मेलालाई बन्द गर्नुपर्ने अर्जी उच्च न्यायालयमा आएको थियो त्यस मामिलामा मेला बन्द नगरे पनि थुप्रै शर्तहरू पालन गर्नुपर्ने न्यायालयले निर्दे श दिएको थियो । त्यसैले गङ्गासागर जाने श्रद्धालुहरूलाई कोभिङ विधि पालन गरिदिने साथै प्रशासनलाई सहयोग गरिदिने तिनले निवेदन पनि गरिन् बुधवार बाबुघाटमा गङ्गासागर यात्रीहरूसित भेटघाट गरेर न्यायालयको शर्त पालन गरिदिने मुख्यमन्त्रीले निवेदन गरिन् । मुख्यमन्त्रीले भनिन्, गङ्गासागरमा धेरै मानिसहरूलाई नपठाइदिनोस्, उच्च न्यायालयको कठोर निर्देश छ। उच्च न्यायालयले जति निर्देश दिएको छ त्यसको पालन गर्नुपर्नेछ । कलकत्ताको बाबुघाटबाट नै मूलतः श्रद्धालुहरू गङ्गासागरतर्फ प्रस्थान हुन्छन् बुधवार त्यसै ट्रान्जिट क्याममा उपस्थित भइन् राज्यकी मुख्यमन्त्री|

Leave a Reply

Your email address will not be published. Required fields are marked *