अफगानिस्तानमा पाकिस्तानी तालिबानका उच्च नेताको हत्या

तेहरिक ए तालिबान पाकिस्तान (पाकिस्तान तालिबान अथवा टीटीपी) का एक उच्च नेताको पूर्वी अफगानिस्तानमा हत्या भएको छ ।

टीटीपीको प्रवक्ता रहेका बेला डे ग्युरे मुहम्मद खोरासानी भनेर समेत चिनिने गरेका खालिद बाल्टीलाई नान्गाहार प्रान्तमा मारिएको स्रोतलाई उद्धृत गर्दै अल जजीराले लेखेको छ । पाकिस्तानसँगको सीमा प्रान्तमा खालिद बाल्टी मारिएको अल जजीरालाई ती व्यक्तिले बताएका छन् । हत्याको विषयमा थप जानकारीका लागि खोज भइरहेको उनले बताएका छन् । अहिले खलिद बाल्टीको कुनै जिम्मेवारी नरहेको भन्दै उनको हत्याका विषयमा जाँचबुझ भइरहेको टीटीपीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *