आईएटिओ को ३६ औं वार्षिक कन्वेन्शन

गुजरातका मुख्यमन्त्री श्री भूपेन्द्र पटेलले गान्धीनगरको होटल द लीलामा आयोजित ३६औँ वार्षिक सम्मेलन इन्डियन एसोसिएसन अफ टुर अपरेटर (आईएटिओ) को उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा भारत सरकारका पर्यटन सचिव श्री अरविन्द सिंह, गुजरातका पर्यटन सचिव श्री हरित शुक्ला र अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

आईएटिओ को यो ३६ औं सम्मेलनमा भाग लिन भारतभरबाट टुर अपरेटरहरू गुजरात आएका थिए। उनीहरुले ३ दिने सम्मेलनमा ‘ब्रान्ड इन्डिया: द रोड टु रिकभरी’ भन्ने विषयमा छलफल गरेका थिए। ब्रान्ड इन्डिया – द रोड टु रिकभरी फर रिभाइभल अफ बिजनेस, होटल्स इस न्यू नर्मल,कनेक्टिभिटी: न्यू फ्रन्टियर्स, एसईआईएस:एफटिपी २०२१-२०२६ अन्तर्गत नयाँ नीति, जिम्मेवार पर्यटन,स्वचालन र डिजिटल मार्केटिङ ,न्यू नर्मल अन्तर्गत तयारी आदि जस्ता बिभिन्न विषयहरूमा ३ दिने सम्मेलनमा बिभिन्न बिजनेश सत्रहरु आयोजना गरिएको थियो । आईएटिओ अध्यक्ष र भारत सरकारका पर्यटन मन्त्रालय, अधिकारीहरूले सम्मेलनमा ‘देखो अपने देश’ सम्बन्धी प्रेसेंटेशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *