निर्मला हत्या प्रकरण : पक्राउ परेका भारतीय नागरिकको डीएनए परीक्षणका लागि पठाइयो

 निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजना भारतीय नागरिक पक्राउ गरेको छ ।
 भारतीय अलि थरका नागरिक भएको प्रहरीले जानकारी गराएको छ । उनको बारेमा थप विवरण प्रहरीले अहिलेसम्म दिएको छैन ।
 
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मलाको २०७५ साउन  ११ गते शव फेला परेको थियो । उनी त्यसको अघिल्लो दिनदेखि घरबाट निस्किएकी  थिइन् ।
प्रहरीले लामो अनुसन्धानबाट पनि निर्मला हत्यामा संलग्न व्यक्तिको पहिचान अझै गर्न सकेको छैन ।,
 
जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, प्रदेश  प्रहरी कार्यालय र अपराध अनुसन्धान समूहको टोलीले निरन्तर अनुसन्धान जारी  राखेको थियो ।
अलि थरका ती युवालाई प्रहरीले पहिलेदेखि नै खोजी जारी राखेको जनाएको छ ।
 उनी पनि एक शंकास्पद हुन् । पक्राउ परेका उनको डीएनए परीक्षणका लागि  केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।
 यसअघि विभिन्न व्यक्तिको बयानका आधारमा ती युवा निर्मलासँग नजिक रहेको र  कहिलेकाहिँ जिस्क्याउने गरेको पाइएको ती प्रहरी अधिकारीले जानकारी दिए ।
“अलि पहिलेदेखि नै हाम्रो शंकाको घेरामा थिए,” अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, “घटनालगत्तै उनी भारत गएका थिए । अहिले नेपाल आएपछि हामीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौँ, अनुसन्धान जारी छ ।”
                                                                                             
By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *