हिन्दी गीतको बोलमा ओठ चलाएर बनाएको भिडिओका कारण तान्जानियालीका यी दाजु र बहिनी सामाजिक सञ्जालमा निकै लोकप्रिय भएका छन्। किलि पोल र उनकी बहिनी नीमा ‘लिप-सिन्क’ गरेर रमाइला भिडिओ बनाउँछन्। हिन्दी गीतका भिडिओ अहिले इनस्टाग्राम र टिकटकमा धेरैले मन पराएका छन्। पोल दाजुबहिनी हिन्दी बोल्न जान्दैनन्। तैपनि उनीहरू दुरुस्त गाए जसरी ओठ चलाएर भिडिओ बनाउँछन्।