सुकना गोल्ड कपको आयोजनबारे सभा

सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको एक सभा बिहीवार संस्थाका अध्यक्ष अशोक प्रधानको अध्यक्षतामा सम्पन्न भयो संस्थाका सल्लाहकार राजेश लामाद्वारा सञ्चालित सभामा संस्थाका महासचिव सुरेन प्रधानले सबैलाई न्यानो स्वागत जनाउँदै सभाको विषय-वस्तबारे जानकारी दिए, जसमा संस्थाको भवनको छतमा होर्डिड्ग लगाउने र आउँदो साल सुकना गोल्ड कपको आयोजनबारे चर्चा अनि वर्तमान कार्यकारिणी समितिको तीन वर्षको मियाद समाप्त भएकोले यसलाई विघटन गरि नयाँ कार्यकारिणी समिति बनाउने मुद्दा सामेल थियो त्यसपछि संस्थाका सल्लाहकार नितिन छेत्रीले आफ्नो सम्बोधनमा सुकना गोल्ड कपको आयोजन जरूरी रहेको कारण हरेक स्थानमा फूटबल टुर्नामेण्टहरू आयोजना भइरहेको हुनाले हामीले पनि गर्ने पर्छ तर मुख्य समस्या फण्ड भएको बताए यसैकारण सर्वप्रथम फण्डको लागि काम गर्नु जरुरी रहेको उनले बताए।

यसको साथमा उनले सुकना गोल्ड कप गर्ने हो भने वर्तमान कमिटी विघटन नगर्नु नै असल हुने बताए कारण अनुभव बिना नयाँ कमिटिको निम्ति सुकना गोल्ड कप जस्तो प्रतिष्ठित टुर्नामेण्ट आयोजन गर्नु चटारो हुने बताए ।

राजेश लामाले पनि सुकना गोल्ड कप गर्न पर्छ भन्ने कुरोमा जोड़ दिए सभामा होर्डिड्ग लगाउने फसेला लिइयो अनि टुर्नामेण्ट आयोजनाबारे आउँदो साल २ जनवरीको दिन फेरि सभा बसेर बजट तयार गरिने र फण्डबारे विचार-विमर्शपछि टुर्नामेण्ट आयोजनको तयारी गर्ने तय गरियो । सभामा संस्थाका कोषाध्यक्ष डीबी थापा, भीम बहादुर प्रधान, उपाध्यक्ष मोहम्मद अब्दुल खान, जेबी छेत्री, बीएस तोमर, नरेश प्रधान, धनेन्द्र प्रधान, निरेन लामा, सुनिल प्रधान, शेर बहादुर थापा र कृष्ण प्रधान आदि प्रमुख रुपले उपस्थित थिए भनी सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनका महासचिव सुरेन प्रधानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *