मेडिकलमा दलालहरूको रग्रगी बन्द गरिनेछ: गौतम देव

उत्तर बङ्गाल मेडिकल कलेज अनि अस्पतालमा दलालहरूको रग्रगीमाथि रोक लगाउन रोगी कल्याण समितिका चेयरम्यान गौतम देवले पहल गरेको छ । बिहीवार रोगी कल्याण समितिको बैठकमा उक्त विषयबारे तिनले मेडिकल कलेज कतृपक्षसित विस्तारित विचार विमर्श गरेको छ। यसबाहेक आजको बैठकमा अस्पतालको सुरक्षा व्यवस्था, चिकित्सा परिसेवा उन्नत गर्न सिनियर चिकितस्कलाई नियमित अस्पताल आउनुपर्ने साथै फोहोर मैलाबारे विशेष पहल गर्नुपर्छ भनेर गौतम देवले बताए।

रोगी कल्याण समितिका चेयरम्यान गौतम देवले भने मेडिकलमा अब दलालहरूको रग्रगी चल्दैन। दलाल राज बन्द गर्न उत्तर बङ्गाल मेडिकल कलेज अनि अस्पताल वरिपरि सीसीटीभी क्यामेरा लगाइनेछ । मेडिकलका अधिकांश दलालहरू विरुद्ध अस्पतालमा आएका रोगीलाई नर्सिङ होम पुयाउने गरेको आरोप छ। गरीब मानिसहरू उत्तर बङ्गाल मेडिकल कलेज अनि अस्पतालमा चिकित्सा गराउन आउँछन तर दलालको चपेटमा परेर तिनीहरूले आफ्नो सर्वस्व गुमाउने गर्दछ। गरीब मानिसहरूलाई दलालको चपेटबाट बचाउन र दलालराज बन्द गर्न मेडिकलको चारैतिर सीसीटीभी क्यामेरा लगाइनेछ । यसबाहेक अस्पतालको चिकित्सा परिसेवा उन्नत बनाउनेतिर पनि जोर दिएको छ भन्ने जानकारी तिनले दिए ।

उत्तर बङ्गाल मेडिकल कलेज अनि अस्पतालमा चिकित्सा परिसेवा बढ्दै गइरहेको छ, भने रोगीहरूको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको छ। अस्पतालमा ६३९ वटा बेड छ तर यसभन्दा दुईगुणा बढ़ी रोगीहरूलाई चिकित्सा परिसेवा दिनु परिरहेको छ।

अस्पतालमा अहिले पनि ढाँचागत केही त्रुटि छ भन्दै तिनले यसतर्फ पनि ध्यान दिइरहेको बताए । तिनले अझ भने, सीसीयु, आइसीसीमा बेडको सङ्ख्या कम्ति भएकोले त्यहाँ पनि बेडको सङ्ख्या बढ़ाइने पहल गरेका छौं। अस्पतालको वातावरण सफा बनाउने तर्फ पनि विशेष ध्यान दिएको छ। सीसीयु वार्ड पछि भएको गैरसरकारी एम्बुलेन्स बुथ हटाइनेछ । सठिक रूपले अस्पताल परिसरमा फ्याँक्ने चिकित्सा सम्बन्धी सामग्री नियमित साफ-सफाइ गर्ने विषयमा स्वास्थ्य विभागसित कुराकानी गरिरहेको जानकारी पनि तिनले गराए अस्पतालमा चिकित्सकहरू नियमित उपस्थित नरहेको आरोप पनि छ। कलकत्ताबाट आएका एकाधिक चिकित्सक नै पस्थित रहने गरेको र कलकत्तामा बसेर नै तिनीहरूले वेतन उठाइरहको आरोप पनि छ। तर अबउसो यस विषयलाई सहन गरिनेछैन भन्दै गीतम देवले भने, यस विषयमा अस्पताल कतृपक्षले व्यवस्था लिनेछ । तर अहिले चिकित्सकहरू अनुपस्थित हुने क्रम निक्कै कम्ति भएको छ भने केही चिकित्सकहरू अहिले पनि अनुपस्थित बसेर पनि वेतन लिने गरिरहेका छन् यसै यस विषयमा नजर राख्न थालेको छ ।

अस्पताल परिसरको सुरक्षा व्यवस्था प्रसङ्गमा गौतम देवले भने, अस्पतालभित्र पुलिस व्यवस्था अझ धेर राखिनेछ यसबाहेक ढाँचागत जमीन सम्बन्धी केही विषयमा जिल्ला प्रशासनको हस्तक्षेपको आवश्यक छ। यसैले यो विषय लिएर शीघ्र सिलगढ़ी पुलिस कमिश्नर र दार्जीलिङका जिल्ला शासकसित जरुरी बैठक गर्नेछौं । उक्त बैठकमा यी सबै समस्याको समाधानसहित रोगीहरूको देखरेख विषयलाई अझ उन्नत बनाउन केही व्यवस्था लिइनेछ ।

उत्तर बङ्गाल मेडिकल कलेज अनि अस्पतालको फेयर प्राइस शप लिएर पनि धेरै दिनदेखिको आरोप छ। उक्त औषधि पसलमा सबै प्रकारको औषधि पाइँदैन । यस विषयमा चेयरम्यान गौतम देवले भने, हामीसित मेडिकलको फेयर प्राइस शपमा सबै प्रकारका औषधि उपलब्ध हुँदैन भन्ने आरोप छ । यसैले यस विषयबारे स्वास्थ्य विभागसमक्ष प्रस्ताव राख्नेछौं र नयाँ टेण्डर बोलाएर जसले उन्नत परिसेवा दिनेछ तिनीहरूलाई नै यहाँ फेयर प्राइस शप खोल्ने अनुमति दिनेछौं भनेर गौतम देवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *