‘एभेन्जर एन्डगेम’ निर्देशकको सिरिजमा सामान्था

हलिउडको सर्वाधिक कमाउने फिल्मको सूचीमा समावेश ‘एभेन्जर एन्डगेम’का निर्देशक रुसो ब्रदर्सले निर्माण गर्न लागेको सिरिजका लागि निर्माताले दक्षिण भारतीय स्टार सामान्थालाई अनुबन्ध गरेका छन् । अमेजन प्राइमबाट प्रसारण हुने यो फिल्मलाई ‘फेमिलीमेन’ निर्देशक राज एन्ड डीकेले निर्देशन गर्नेछन् ।

राज एन्ड डीके र सामान्थाको यो दोस्रो सहकार्य हो । दुवैले यसअघि ‘फेमिलीमेन’मा काम गरेका थिए । मनोज बाजपेयीको मुख्य भूमिका रहेको सिरिजमा सामान्थाले तमिल विद्रोहीको भूमिका निर्वाह गरेकी थिइन् । यही भूमिकाबाट उनले भर्खरै बाँडिएको फिल्मफेयर ओटीटी अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।
यो सिरिजलाई अभिनेता बरुण धवनको ओटीटी डेब्युको रुपमा पनि हेरिएको छ ।

यही सिरिजबाट उनले ओटीटीमा डेब्यु गर्न लागेका हुन् । सिरिजमा बरुण र सामान्था दुवैले अन्तर्राष्ट्रिय जासुसको रुपमा काम गर्नेछन् । प्रशस्त एक्सन दृश्य रहने सिरिजका लागि दुवैले यसको प्रशिक्षण लिन सुरु गरिसकेको पनि बताइएको छ । 

सिरिजलाई रुसो ब्रदर्सले नै हलिउडमा निर्माण गरिरहेको ‘सिटाडेल’को रिमेकको रुपमा चर्चा गरिएको छ । तर निर्माण टिमले भने यो सिरिज रिमेक नभई त्यही सिरिजका केही चरित्रको स्पिन अफको रुपमा निर्माण हुने स्पष्टिकरण दिएको छ ।

आउँदो अप्रिल महिनामा अमेजन प्राइममा प्रसारण हुने यो सिरिजमा रिचर्ड मेडन र प्रियंका चोपडा मुख्य भूमिकामा छन् । यो सिरिज भने २०२२को अन्त्यबाट फ्लोरमा जानेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *