मौनी र सूरजको विवाह भारतमै

पछिल्लो समय भारतीय | मनोरञ्जन क्षेत्रमा विवाहको मौसम चलेको छ चर्चित बलिउड नायक नायिकादेखि टेलिभिजन कलाकारहरूले धमाधम लगनगाँठो कसिरहेका छन्। कट्रिना कैफ र अंकिता लोखडेपछि बलिउडकी अर्की अभिनेत्री मौनी राय पनि चाँडै नै विवाह बन्धनमा बाँधिने भएकी छन् । नागिनका उपनामले चिनिने मौनीले यही जनवरीमा आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह गर्न लागेकी हुन् । मौनीले नयाँ वर्ष २०२२ को चुरुवातमै घरजम गर्न सक्ने जनाइएको छ । सञ्चारमाध्यमका अनुसार जनवरी २५ देखि २७ का बिचमा मौनीको विवाह हुनेछ। मौनीले लामो समयदेखिका प्रेमी सुरज नम्बियारसँग लगनगाँठो कस्न लागेकी हुन्।

यसअघि उनीहरूको विवाह दुबईमा हुने चर्चा गरिए पनि इण्डिया टुडेका अनुसार यी दुईको विवाह भारतमै हुन लागेको हो । मौनी र सुरज लामो समयदेखि प्रेममा छन्। उनीहरूले यसअघि नै विवाह गर्ने मनसाय बनाएका थिए तर कोरोना महामारीका कारण उनीहरूको विवाह पर धके लिएको हो । विवाहलाई लिएर मौनी अहिले निकै उत्साहित छिन् । उनले विवाहको अधिकांश तयारी पनि थालिसकेकी छन् । नागिन फेम मौनी बलिउडमा नव नायिकाको रुपमा प्रवेश पाएकी सफल टेलिभिजन कलाकार हुन् । उनले टेलिभिजन पर्दामा लामो समय सफल अभिनेत्रीका रुपमा काम गरिसकेकी छन् । सामाजिक सञ्जालमा मौनीले लगाउने लहंगा, बिकिनीदेखि गहनासम्म चर्चामा आउने गरेको छ । उनी फ्यान माझ स्टाइलिस आइकन बनिसकेकी छन् ।

उनले अभिनय करियरको शुरुवात कोरस डान्सरबाट गरेकी थिइन् । उनले पहिलो पटक अभिषेक बच्चन र भूमिका चावलाको फिल्म रनको एक गीतमा अभिनय गरेकी थिइन् । पहिलो पटक एकता कपुरको चर्चित सिरियल क्योंकि सास भी कभी बहु थी बाट अभिनय थालेकी उनले लगातार सफलता पाइन्|

उनी त्यसपछिको हिट सिरियल नागिन, नागिन २, कस्तूरी, जुनून ऐसी नफरत तो कैसा इश्क लगायतमा मुख्य भूमिका निर्वाह गरेकी थिइन्। मौनीले सन् २०१८ मा अक्षय कुमारसँग फिल्म गोल्डबाट बलिउडमा पाइला राखेकी थिइन् । यसैगरी रोमियो अकबर वाल्टर, , मेड इन चाइना र लण्डन कन्फिडेन्सियलमा काम गरिसकेकी छन्। उनी चाँडै नै मल्टी स्टारर फिल्म ब्रह्मास्त्रमा पनि देखिने भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *