विश्व ब्याडमिण्टन च्याम्पियनशीपमा ऐतिहासिक सफलता रजत पदकको साथ इतिहास रचे श्रीकान्तले

शट्लर किदाम्बी श्रीकान्तले बीडब्ल्यूएफ विश्व च्याम्पियनशीपमा इतिहास रचे उनले टुर्नामेण्टमा रजत पदक जिते । यस्तो गर्ने उनी पहिलो भारतीय पुरुष खेलाड़ी हुन्। टुर्नामेण्टको खिताबी म्याचमा उनको जम्काभेट सिङ्गापुरका लोह किन येवसँग भएको थियो, जसमा उनी पराजयको सम्मुखीन भए । लोहले श्रीकान्तलाई सीधा गेममा २१-१५, २२ २० ले पराजित गरे । विश्वका पूर्व नम्बर एक शट्लर श्रीकान्तले पहिलो गेममा असल शुरुवात । गर्दै एक समय ९७ को बढ़त हासिल गरेका थिए तर सिङ्गापुरका शट्लरले पनि लय हासिल गर्दै स्कोर ११-११ को बराबरीमा पुयाए । त्यहाँदेखि दुई शट्लरबीच एक-एक अङ्कको निम्ति सङ्घर्ष देख्न पाइयो। स्कोर १३-१३ को बराबरीमा पुगेपछि चाहिँ किन येवले पछि फर्किएर हेरेनन् । उनले पहिला १६-१३ अनि पछिबाट २०-१५ को बढ़त हासिल गर्दै अन्तमा २१-१५-ले पहिलो गेम जिते । पहिलो | गेम १६ मिनटसम्म चल्यो ।

दोस्रो गेममा शुरुदेखि नै दुई शट्लरबीच रोमाञ्चक लड़ाइँ भयो। एक समय स्कोर ४-४- को बराबरीमा रहे पनि श्रीकान्तले २ अड्कको साथ ६-४ को बढ़त हासिल गरे। लोहले चाँडै ९-९ को बराबरी हासिल गरे अनि पछिबाट स्कोर १२९ पुयाए। श्रीकान्तले पनि लडाइँ जारी राख्दै एक समय १८- ।

१६ को बढ़त हासिल गरेका थिए तर उनले लयलाई कायम राख्न सकेनन्। एक समय स्कोर २०-२०- को बराबरीमा रहेको थियो तर लोहले धैर्यको साथ खेल्दै २२-२०-ले दोस्रो गेमसहित म्याच र स्वर्ण पदक जिते यसअघि २८ वर्षीय श्रीकान्त यस प्रतिष्ठित च्याम्पियनशीपको फाइनलमा पुग्ने पहिलो भारतीय पुरुष खेलाड़ी बनेका थिए। यसअघि भारतलाई पुरुष एकल वर्गमा तीनवटा पदक प्राप्त भएको थियो। साल १९८३ मा प्रकाश पादुकोण र २०१९ मा बी साई प्रणीतले काँस्य पदक जितेका थिए।

यसबाहेक यस साल सेमिफाइनलमा श्रीकान्त विरुद्ध पराजित हुने लक्ष्य सेनले पनि काँस्य पदक जिते । समग्रको कुरा गर्दा पीभी सिन्धुले विश्व च्याम्पियनशीपमा पाँचवटा पदक (स्वर्णसहित) जितेकी छन् जबकि साइना नेहवालको नाममा दुईवटा पदक रहेको छ । ज्वाला गुट्टा र अश्विनी पोनप्पाको महिला युगल जोड़ीले पनि २०११ मा काँस्य पदक जितेको थियो।

यसअघि श्रीकान्तले आफ्नै देशका युवा खेलाड़ी लक्ष्य सेनलाई १७-२१, २१-१४, २१ १७ ले पराजित गरी विश्व ब्याडमिण्टन च्याम्पियनशीपको फाइनलमा स्थान बनाए। आइतवार खेलिएको सेमिफाइनलमा किदाम्बीले पहिलो गेम गुमाए पनि अघिल्लो दुई गेम जितेर फाइनलमा स्थान बनाए । यसरी श्रीकान्त विश्व च्याम्पियनशीपको पुरुष एकल फाइनलमा पुग्ने पहिलो भारतीय पुरुष खेलाड़ी बने शनिवार स्पेनको हुएलावेमा भएको म्याचमा श्रीकान्तले गजबको खेल देखाए । पहिलो गेम गुमाएपछि विश्वका पूर्व नम्बर एक खेलाडीले असाधारण पुनरागमन गरे। उनले ६९ मिनटमा म्याच जिते। म्याचमा युवा खेलाड़ी सेनले महत्त्वपूर्ण मौकाहरूमा केही गल्तीहरू पनि गरे, जसको परिणाम उनले भोग्नु पयो । लक्ष्य सेनले काँस्य पदकमै चित्त बुझाउनु पन्यो। यो उनके पहिलो विश्व च्याम्पियनशीप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *