उर्फीले लगाइन् पारदर्शी ब्रालेड कपडा, कपी गरेको लाग्यो आरोप

उर्फी जावेदले पारदर्शी खालको कालो ‘ब्रालेट’ कपडा लगाएकी थिइन् । त्यस्तै तरिकाको कपडामा हलिउड कलाकार बेला हेडिडको फोटो सामाजिक सञ्जालमा आएपछि उर्फीले यसमा प्रतिक्रिया दिएकी छन् । बिगबोसबाट लोकप्रिय भएकी उर्फी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । साथै फेसनका विषयमा पनि उनको निकै चर्चा हुने  गर्छ । 

उनी मोजाबाट बनेको देखि लिएर स्टोकिङको कपडाबाट पनि ड्रेस बनाउँछिन् । कतिपय बेला उनलाई अन्य कलाकारहरूको ड्रेस ‘कपी’ गरेको आरोप पनि लाग्ने गरेको छ । 

यसमध्ये सुपरमोडेल बेला हेडिडको नाम पनि समावेश छ । केही समय पहिले उर्फीले कालो रङको ट्रान्सपेरेन्ट ब्रालेट र म्याचिङ प्यान्ट लगाएर बाहिर निस्किएकी थिइन् । यो ड्रेस बेला हेडिडको जस्तै छ, जुन उनले अघिल्लो वर्ष लगाएकी थिइन् । 

यसपछि उनलाई फेसन क्रिटिक डायट साब्या भन्ने अकाउण्टबाट ट्रोल बनाइएको छ । यसमा प्रतिक्रिया दिँदै उर्फीले लेखेकी छन्, ‘तपाईं के गरिरहनु भएको छ, यसले मलाई केही फरक पर्दैन, म तपाईंको च्यानलमा आएको छु, यो नै ठूलो कुरा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *