नागपुर केन्द्रीय कारागारका ९ कैदीमा कोभिड–१९ पोजेटिभ देखिएको छ

नागपुर केन्द्रीय कारागारमा रहेका ९ जना कैदीबन्दीमा कोरोना पोजेटिभ देखिएको महानगरपालिकाको स्वास्थ्य विभागका एक अधिकारीले जानकारी दिएका छन् ।

संक्रमितको संख्या बढ्दै गएपछि ४ दिनअघि १२ जना कैदीको कोभिड–१९ परीक्षण गरिएको थियो । नमूनामध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यसपछि कारागार प्रशासनले संक्रमितसँग सम्पर्क ट्रेसिङ थालेको थियो।

शुक्रबार थप ५ जना कैदीबन्दीमा कोभिड–१९ पोजेटिभ देखिएपछि सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ ।जानकारीका अनुसार कैदीहरूमा हल्का लक्षण देखिएकाले क्वारेन्टाइनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *