भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ७०३ जनाको मृत्यु भएको छ। पछिल्लो समयमा मर्नेको यो संख्या उच्च हो। यसअघि अक्टुबर २८ मा ८०७ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए। यसपछि केही दिनसम्म मृत्यु हुनेको संख्या ६ सय नाघेको थियो। यस्तै पछिल्लो २४ घन्टामा ३ लाख ४७ हजार २५४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। करिब साढे तीन लाख संक्रमित थपिदा २ लाख ५२ हजार ७७७ जना कोरोनामुक्त भएका छन्। बिहीबार मात्रै ३ लाख बढीमा कोरोना संक्रमण देखिएको थियो। बुधबारको तुलनामा शुक्रबार २९ हजार ७२२ बढीमा संक्रमण देखिएको हो। भारतमा दैनिक संक्रमण दर १७.९४ प्रतिशत र साप्ताहिक संक्रमण दर १६.५६ प्रतिशत रहेको छ। भारतमा हाल सक्रिय संक्रमितको संख्या २० लाख १८ हजार ८२५ पुगेको छ। हालसम्म कोरोनाबाट ४ लाख ८८ हजार ३९६ जनाले ज्यान गुमाइसकेका छन्। कोरोनासँगै नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिरहेको छ। यहाँ ओमिक्रोन संक्रमितको संख्या ९ हजार ६९२ पुगेको छ। बिहीबारको तुलनामा संक्रमण दर ४.३६ प्रतिशतले बढी हो।