ट्रक र पिकअप भ्यान ठोक्किँदा ६ जना घाइते

बिहीबार बिहान ट्रक र पिकअप भ्यानबीच भएको टक्करमा ६ जना घाइते भएका छन्। घटना कुचबिहारको खगराबारी ब्लक २ को चौपाठी क्षेत्रमा भएको हो। स्थानीय स्रोतका अनुसार बिहीबार बिहान करिब ६ बजे खगराबारीबाट नयाँ कुचबिहारतर्फ आउँदै गरेको ट्रकसँग विपरीत दिशाबाट आएको इँटा बोकेको ट्रक ठोक्किएको हो। दुर्घटनामा ट्रक र पिकअप भ्यानका चालकसहित ६ जना घाइते भएका छन् । घाइतेहरुको कुचबिहार मेडिकल कलेजमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *