ओलम्पिकका लागि चिटिक्क बेइजिङ

२४औँ हिउँदे ओलम्पिक खेलुकदको उद्घाटन समारोह फेब्रुअरी ४ तारिख शुक्रबार राति विश्वविख्यात चराको गुँड अर्थात् बर्ड नेस्टमा आयोजना हुँदैछ । कूल ९७ मुलुकको प्रत्यक्ष उपस्थितिका माझ चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ समयअनुसार राति ८ बजे खेलको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

बेइजिङ हिउँदे ओलम्पिकको स्वागतका लागि चिनियाँ सडकहरू परम्परागत सांस्कृतिक बान्कीले झकिझकाउ भएका छन् । चिनियाँ वसन्त चाड अथवा नयाँ वर्षको स्वागतमा यसै पनि राता राता लालटिन र अन्य रातै चीजबीजहरूले सजिने चीनको रंगमा यस पटक ओलम्पिक पनि मिस्सिएको छ । बेइजिङको केन्द्र थ्यानमन स्क्वायरको मध्यभागमा अद्भूत हिउँदकालीन ओलम्पिक भावना स्थापित गरेको छ । चिनियाँ परम्परागत गाँठोमा ओलम्पिकको सम्मिश्रण गरिएको ३८.६ मिटर व्यास र करीब १७ मिटर अग्लो स्तम्भ उभ्याइएको छ । बरफका तत्त्वहरूका बीचमा छुन च्ये (वसन्त) चाडको भावना पनि मिस्सिएपछि यो ‘आइकनिक’ दृष्य बनेको छ । पाराओलम्पिक सञ्चालन हुने समयमा यसलाई सोही प्रतिबिम्ब झल्किने गरी प्रतिस्थापन गरिने जनाइएको छ ।

यस प्रकारको गाँठोले चिनियाँमा पुनर्मिलन र एकता भन्ने भावना बोक्दछ । यसले संसारभरका मानिसहरूले राम्रो भविष्य निर्माण गर्न मिलेर काम गर्ने भन्ने सङ्केत गरेको छ । हिउँदकालीन ओलम्पिकका लागि यही स्तम्भले हिउँका तत्वहरूमार्फत ब्रम्हाण्डका पाँचै महादेशलाई प्रतिनिधित्व गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *