मुकेश अम्बानीलाई १३ खरब घाटा

देशका सर्वाधिक धनी व्यापारी मुकेश अम्बानीलाई त्यहाँको सर्वोच्च अदालतले ठुलो झट्का दिएको छ । उनको फ्यूचर रिलायन्स – रिटेल डिलको मामिलामा सर्वोच्च अदालतले अमेजनको पक्षमा फसेला सुनाएको छ । अदालतले रिलायन्स फ्यूचर रिटेल सम्झौतामा – रोक लगाएको छ । सर्वोच्च अदालतले भन्यो, रिलायन्स फ्यूचर ग्रुपको रिटेल सम्पत्ति किन्ने सम्झौतामा अगाडि बढ्न सक्दैन ।

यो फसेला लगत्तै रिलायन्सको बजार पुँजी १.३ लाख करोड अर्थात् १३ खरब रुपियाँले घटेको छ । यसको मार्केट क्याप १४.७७ लाख करोडबाट घटेर १३.४७ लाख करोडमा झरेको छ। सञ्चार मध्यमहरूका अनुसार सर्वोच्च अदालतले आदेशमा भनेको छ कि सिंगापुर मध्यस्थकर्ताको निर्णय फ्यूचर रिटेलको बिक्री रोक्नको लागि लागू गर्न सकिन्छ ।

फ्यूचर रिटेलको रिलायन्स रिटेलसँगको सम्झौताको विषयमा ३.४ बिलियन डलर सम्झौता मध्यस्थको निर्णय कार्यान्वयन गर्न योग्य छ। निर्णय पछि रिलायन्स इन्डस्ट्रीजको शेयर बीएसईमा २ प्रतिशतले तल झरेको छ । यस वर्ष

फरवरीमा अमेजनले सर्वोच्च अदालतमा फ्युचर ग्रुप विरुद्ध एक मामिला दर्ता गरेको थियो । यसले फ्युचर ग्रुपको रिटेल सम्पत्ति रिलायन्स रिटेललाई नबेच्न चुनौती दिएको थियो । अगस्त २०२० मा रिलायन्स र फ्यूचर रिटेलबिच सम्झौतामा हस्ताक्षर भएको थियो ।

अमेजन यस सम्झौता विरुद्ध सिंगापुरको मध्यस्थता अदालत पुग्यो । २५ अक्टोबर २०२० मा सिंगापुरको अदालतले यो सम्झौतामा रोक लगायो । सिंगापुर अदालतले अझै पनि कुनै अन्तिम फसेला दिएको छैन । त्यहाँको अदालतले यसबारे चाँडै नै निर्णय दिन सक्छ, किनकि अक्टोबरमा सम्झौतामा रोक लगाएपछि अदालतले ९० दिनमा निर्णय दिने बताएको थियो । यो रोक सिंगापुर अदालतद्वारा लगाइएको हुनाले रिलायन्स र फ्युचर यस आदेशको पालन गर्न बाध्य थिएनन् ।

यही कारण अमेजनले सिंगापुर अदालतको आदेश कार्यान्वयन गर्न दिल्ली उच्च अदालतमा अपिल गरेको थियो । रिलायन्स रिटेल र फ्युचर ग्रुप डिल नोभेम्बर २०२० मा भारतीय प्रतिस्पर्धा आयोग (सिसिआई) द्वारा अनुमोदित भएको थियो । अगस्ट २०१९ मा अमेजनले फ्युचर ग्रुपको फ्युचर कूपन्समा ४९ प्रतिशत शेयर किनेको थियो । यसका लागि अमेजनले फ्युचर ग्रुपलाई १,४३१ करोड रुपियाँ तिरेको थियो फ्युचर रिटेलमा फ्युचर कूपन्सको १० प्रतिशत शेयर रहेको छ। यसरी अमेजनले फ्युचर रिटेलमा पैसा लगानी गर्न शुरु गरेको थियो ।

अमेजन र फ्युचर कूपन्स बिच भएको सम्झौतामा यो निर्णय भएको थियो कि अमेजन ३ देखि १० वर्ष पछि फ्यूचर रिटेलमा शेयर किन्नको हकदार हुनेछ । यो पनि निर्णय भएको थियो कि फ्यूचर रिटेलले रिलायन्स इन्डस्ट्रीजलाई आफ्नो शेयर बेच्ने छैन । तर, तब त्यहाँ कोरोनाको कारण लकडाउन थियो र फ्यूचर रिटेलको अवस्था खराब भयो तब किशोर बियानीले एक अन्तर्वार्तामा भनेका थिए कि लकडाउन पछि सबै पसलहरू बन्द गरिएका छन् र कम्पनीलाई आगामी तीन-चार महिनामा ७ हजार करोड रुपियाँ घाटाको सामना गर्नुपर्नेछ। अन्ततः यो कम्पनी बेच्ने निर्णय गरियो । अगस्त २०२० मा रिलायन्सले २४,७१३ करोड रुपियाँमा फ्युचर रिटेल किन्ने घोषणा गन्यो । यस सम्झौतामा कुराकानी अलि अगाडि बढ्नु अघि नै अमेजनले यो सम्झौता रोक्न सिंगापुरको अदालतमा पुग्यो । सिंगापुरको अदालतले सो सम्झौतामा रोक लगायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *