हेलिकप्टर दुर्घटनाको शहीदहरूका नाममा १३ दिने श्रद्धाञ्जली शुरु

हेलिकप्टर दुर्घटनामा शहीद बनेका जल, थल र वायुसेनाका सीडीएस जेनरल बिपिन रावत लगायत अन्य १२ जना सेना अधिकारीहरू शहीद बनेपछि तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामाको नेतृत्वमा आजदेखि १३ दिने श्रद्धाञ्जली सभा कार्यक्रमको आरम्भ गरिएको छ। आजदेखि सम्पन्न सो श्रद्धाञ्जली सभामा सीडीएस जेनरल बिपिन रावत लगायत अन्य १२ जना शहीदहरूको प्रतिकृतिमा धुपदीप प्रज्वलन साथै माल्यार्पण कालचिनी ब्लकको ११ वटा अञ्चलका नेताहरू एवम् भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन कालचिनीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कालचिनीस्थित कारगिल चौकमा सम्पन सो श्रद्धाञ्जली सभामा आज कालचिनी ब्लकभरिका तृणमूल समर्थकहरूले सहभागिता जनाएको थियो भने आगामी १३ दिनसम्म यो श्रद्धाञ्जली तथा शोक सभामा सर्वधर्म प्रार्थना सम्पन्न गरिने पासाङ लामाले जनाएका छन् । पासाङ लामाले यो कुनै पोलिटिकल स्टन्ट होइन भन्दै आफू पनि एकजना गोर्खे सन्तान भएको र त्यसभन्दा अघि हामी सबै भारतीय भएकोले देशको एकजना सेना नायक सीडीएस जेनरल बिपिन रावत लगायत तिनको पत्नी एवम् अन्य जवान औ अधिकारीले पनि हेलिकप्टर दुर्घटनामा शहीद बन्न पुगेकोले यो पार्टीको कार्यक्रम नभएर एकजना साँचो देशप्रेमीको श्रद्धा रहेको र यो घटनाले देश अनि राज्यमा नै शोकको लहर छाएकोले आजदेखि १३ दिने श्रद्धाञ्जली कार्यक्रम थालिएको र १३ दिनमा पुगेर अन्त्येष्टी कार्य पनि गरिने र शोक पालन गर्नलाई आफूले कपाल पनि खोरिएको र आफूसितै धेरैजना साथी भाईहरूले पनि शोकमग्न भएर कपाल खौरिएको पासाङ लामाले जनाएका छन् ।

आगामी १३ दिनसम्म श्रद्धाञ्जली स्थलमा हिन्दु, बौद्ध, सिख, ईसाई आस्था अनुरुप प्रार्थना सभा सम्पन्न गरिने र यो कुनै राजनैतिक रुपले नभएर साँचो मनले गरिएको कार्यक्रम रहेको पासाङ लामाले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *