भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराएका छन्

मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुग्दा कम्तीमा पनि १२७ जना व्यक्ति हराएका भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ । भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति जारी गरेर १४६ जनाको सकुशल उद्धार गरेर जनाएको छ ।
डुंगामा रहेका अरु १२७ जना अहिले पनि हराइरहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको छ । मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो ।
मंगलबार प्रति घन्टा १८५ किलोमीटरका दरले चक्रवात आएको थियो । चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो असर गरेको छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *