दिल्लीमा भेटिए ओमिक्रोनका १० नयाँ संक्रमित, भारतभर ९७ जनामा संक्रमण

दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १० नयाँ संक्रमित भेटिएका छन् । नयाँ भेटिएका संक्रमितसँगै दिल्लीमा ओमिक्रोनका संक्रमितको संख्या बढेर २० पुगेको छ ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले २० संक्रमितमध्ये १० जना अस्पतालबाट डिस्चार्ज भइसकेको बताएका छन् । भारतमा ओमिक्रोन संक्रमितको संख्या लगातार बढिरहेका छ । अहिलेसमम भारतमा ओमिक्रोन संक्रमितको संख्या ९७ पुगेको छ ।

महाराष्ट्रमा हिजोसम्म ओमिक्रोनका सबैभन्दा बढी ३२ संक्रमित भेटिएको पुष्टि भएको छ । ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएपछि मुम्बईमा डिसेम्बर ३१ सम्मका लागि धारा १४४ लागू गरिएको छ ।

नोभेम्बरमा पहिलो पटक देखापरेको ओमिक्रोन भेरियन्ट केही सातामै विश्वका ७० भन्दा बढी देशमा पुगिसकेको छ । यो भेरियन्ट पहिलेको डेल्टा  भेरियन्टभन्दा धेरै संक्रामक रहेको विज्ञको भनाइ छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *