भारतमा २० लाख भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको आधिकारिक तथ्याङ्कले देखाएको छ।विगत २० दिनमा त्यहाँ १० लाख सङ्क्रमित थपिएका छन्। यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो।अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो।भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ।सङ्क्रमितहरूको सङ्ख्या २० लाख नाघ्ने भारत तेस्रो देश बनेको छ।विगत २४ घण्टामा त्यहाँ ६२,१७० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यससँगै सङ्क्रमितहरूको कुल सङ्ख्या २०,२५,४०९ पुगेको छ।तीमध्ये ४०,७०० जनाको मृत्यु भएको छ।
Related Posts
तिब्बतमा ६.१ म्याग्निच्युडको भूकम्प
- Editor
- March 19, 2021
- 0
चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६ः१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २:४१ बजे गएको […]
मणिपुर र डेटटोलले सुरु गरे लाइफ स्किल कार्यक्रम
- Editor
- October 1, 2020
- 0
माननीय मुख्यमन्त्री श्री बीरेन सिंहज्यूले मणिपुरमा 10-19 वर्ष उमेरका बालबालिकाहरूका लागि अद्वितीय जीवन कौशल कार्यक्रमको शुभारम्भ गर्नुभयो – डेटटोल बीएसआई बर्ड एण्ड मौरी टक । […]
नाइजेरियाली सैनिक विमान सम्पर्कबाहिर
- Editor
- April 1, 2021
- 0
नाइजेरियाली सेनाको ‘अल्फा जेट’ विमानको ‘राडर’सँग सम्पर्क विच्छेद भएको वायुसेनाले बिहीबार पुष्टि गरेको छ । उक्त विमान स्थानीय समय अनुसार साँझ ५ बजेर ८ मिनेट […]