१६ लाख रुपैयाँसहित वीरगन्जबाट एक भारतीय नागरिक पक्राउ

पर्सा प्रहरीले १६ लाख रूपैयाँसहित एक भारतीय नागरिकलाई सोमबार पक्राउ गरेको छ । 

ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार भारत विहारको रक्सौल निवासी कृष्णकुमार जैनको साथबाट १६ लाख रूपैयाँ बरामद भएको हो । उनलाई वीरगन्ज महानगरपालिका ७ माईस्थान अगाडिबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरले जानकारी दिए ।

उनका अनुसार अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको छ भन्ने खबर प्राप्त भएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रकम बरामद गरेको हो ।

जैनलाई बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी कुँवरले जनाए ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *