हुन्छ भारत-नेपाल को बईठक ?

कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रसम्बन्धी सीमा विवादका कारणले नेपाल र भारतबीच राजनीतिक र कूटनीतिक चिसोपन बढेको बेला दुई देशका प्रधानमन्त्रीहरूबीच टेलिफोन वार्ता हुनु र लगत्तै एउटा संयुक्त संयन्त्रको बैठक बस्नुलाई केही नेपाली कूटनीतिज्ञहरूले “सकारात्मक सङ्केत” भनेका छन्।तर यसैलाई अहिले नै भारतले “कूटनीतिक मौन भङ्ग गरेको” अर्थमा लिनु हतार हुने उनीहरूको भनाइ छ।कतिपय कूटनीतिज्ञले चाहिँ नेपालले यसलाई सानो कूटनीतिक अवसरका रूपमा लिएर दुई देशबीचको संवाद अघि बढाउन थप पहल गर्नुपर्ने सुझाव दिएका छन्।केही महिनादेखि बढ्दो नेपाल-भारत तिक्तताबीच प्रधानमन्त्रीस्तरमा भएको कुराकानी र एउटा संयुक्त संयन्त्रको बैठक हुनुलाई दुवै देशमा “लामो संवादहीनताको अन्त्य”का रूपमा चर्चा भइरहेको छ।

नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेतृत्व गरेको उक्त बैठक अनलाइनमार्फत् (भर्चूअली) गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।भारतीय सहयोगमा सञ्चालित परियोजनाहरूको अनुगमन र प्रगति समीक्षा गर्नका लागि बनाइएको उक्त संयन्त्रको यो आठौँ बैठक भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *