हात्तीको आक्रमणबाट थप एक निर्दोषको मृत्यु भएको छ

हात्तीको आक्रमणबाट अर्का निर्दोषको मृत्यु भएको छ । मृत्यु हुनेको नाम कालीपद बाओरी (४०) रहेको छ । घटना बुधवार बांकुराको बेलियाटोर रेन्जको वृन्दबनपुरको सगरकाटा गाउँमा भएको हो। स्थानीय श्रोतका अनुसार कालीपद बाओरी अरु दिनहरु जस्तै घर नजिकको जंगलमा गएका थिए । यसैबीच हात्तीले उनीहरुमाथि आक्रमण गरेको थियो उनलाई गाउँलेहरुले उद्धार गरी बाँकुरा सम्मिलानी मेडिकल कलेज र अस्पताल पुर्याएका थिए, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । माघ १० गते राति पनि बेलियाटोर र बर्जोरा थाना क्षेत्रका दुई गाउँमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो । जसका कारण यस क्षेत्रमा वन विभागको भूमिकामाथि प्रश्न उठेको छ । खबर पाएलगत्तै वन विभागका कर्मचारी घटनास्थल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *