हत्याको अभियोग लागेका व्यक्तिलाई २७ वर्षपछि सफाइ

हत्याको अभियोगमा चीनको पूर्वी क्षेत्रमा २७ वर्षदेखि जेल सजाय भोगिरहेका एक व्यक्तिलाई निर्दोष ठहर गरेर रिहा गरिएको छ।प्रहरीले आफूलाई यातना दिएर सन् १९९३ मा दुई युवाको हत्या गरेको स्वीकार गर्न बाध्य पारेको जाङ युख्वानले बताएका छन्।जीयाङ्सी प्रान्तस्थित जेलमा ९,७७८ दिन काटेका उनी चीनमा विनाअपराध सबैभन्दा लामो समयसम्म थुनामा परेका व्यक्ति हुन्।

उनी विरुद्धको मुद्दा पुनः खुला गरेका अभियोजनकर्ताहरूले उनको स्वीकारोक्तिमा समनता नदेखिएको र मूल अपराधसँग मेल नखाएको बताएका छन्।एउटा उच्च अदालतले उनको दोष प्रमाणित गर्न पर्याप्त प्रमाणहरू नभएको पाएसँगै उनी मुक्त भएका छन्।पर्यवेक्षकहरूका अनुसार चीन गलत रूपमा लगाइएका अभियोग उल्टाउन इच्छुक देखिन्छ तर त्यो राजनीतिक मुद्दामा नभएर आपराधिक मुद्दामा मात्रै केन्द्रित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *