स्वेज नहर विस्तार गर्ने इजिप्टको योजना

इजिप्टले स्वेज नहरको दक्षिणी भागलाई अझ फराकिलो र गहिरो बनाउने योजना अगाडि सारेको छ । गत मार्चमा यस नहरमा एउटा विशाल कार्गो पानीजहाज नहरमा तेर्सिएपछि केही दिन यस नहरबाट हुने जहाजको ओहोरदोहोर रोकिएको थियो ।
स्वेज क्यानल अथोरिटीका प्रमुख लेफ्टिनेन्ट जनरल ओसामा राबीले इस्मालिया शहरमा आयोजित समारोहमा सम्बोधन गर्दै योजनाको विस्तृत विवरण प्रस्तुत गर्नुभएको छ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र सरकारका उच्च पदाधिकारी उक्त समारोहमा सहभागी हुनु भएको थियो ।
जनरल राबीका अनुसार नहरको दक्षिणतर्फ करिब ४० मिटर फराकिलो बनाइने छ । यस क्षेत्रलाई हाल ६६ फिट गहिराइलाई बढाएर ७२ फिट बनाइनेछ । त्यस क्षेत्रमा नहरको कूल लम्बाइ ३० किलोमिटर छ ।
साथै प्रस्तावित योजनामा सन् २०१५ मा खुला गरिएको नहरको दोस्रो लेनको विस्तार पनि रहेको छ । यसबाट बढीभन्दा बढी जहाजहरु ओहोरदोहोर गर्न सक्नेछन् । गत मार्च २३ मा नहरमा अड्किएको एभर गिभेन नामको कार्गो पानीजहाज यही एकल लेनमा फसेको थियो । यस पानीजहाजलाई अझै पनि स्वेज क्यानल अथोरिटी र जहाज धनीबीच आर्थिक विषयमा उत्पन्न विवादका कारण ग्रेट बिटर लेकमै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *