जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिन लागेको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । उनको दलले पनि त्यसको पुष्टि गरेको छ ।उनी आन्द्राको समस्याबाट लामो समयदेखि पीडित छन् । अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ ।सरकारी प्रसारक एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्ने चाहेका छन् ।उनी सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन् । उनको पदावधि २०२१ सम्म छ ।