सीजी फूड्सले सिक्किममा महिला कर्मचारीहरू संग आफ्नो विरासतलाई बलियो पार्दछ

वाई वाई नूडल्सका निर्माताहरू सीजी फूड्सले ‘मेड इन सिक्किम-सर्भड इन इण्डिया’ को अवधारणा र दर्शनलाई याद गर्दै भारतमा आफनो पहिलो निर्माण सुविधाको उत्सव मनाउदै छन्। यो निर्माण प्लान्ट भारतमा एक मात्र वाई वाई निर्माण सुविधा हो जाहा महिला कर्मचारीहरूको बढी सन्तृप्ति रहेको छ र लगभाग ५०% नजिकका शहरहरू र गाउँहरूका महिलाहरू याहा काम गर्छन। यसले सी जी फूड्स र यसको मूल कम्पनी सीजी कर्प ग्लोबलको प्रतिबद्धताको प्रदर्शनि गर्दछ जुन एक मुख्य सिद्धान्तको रूपमा ‘बिज़नेस विथ परपोस’ गर्दछ। सीजी फूड्स, सीजी कर्प ग्लोबलको एफएमसीजी शाखा, यसको आइकनिक इन्स्टन्ट नूडल ब्रान्ड वाई वाई परिचय गरेर भारतीय चाउचाउ बजारमा उत्रियो। भारतमा आयातित वस्तुको रूपमा सुरू गरिएको यस कम्पनीले २००६ मा सिक्किमको र रङ्पुमा पहिलो निर्माण इकाई स्थापना गर्‍यो।

उल्लेखनीय कुरा के छ भने, देश भर मा बिभिन्न स्थानहरुमा स्थापित हुनु अघि २००६ देखि २०१० सम्म, रङ्पुमामा रहेको प्लान्टले अरू लाइनहरू नभएसम्म पन-इंडिया उपभोक्ता आधारलाई उत्पादन आपूर्ति गर्ने एक मात्र उत्पादन लाइन थियो। अहिले रङ्पु निर्माण इकाईले दैनिक नूडल्स भुजियाको थप १ लाख प्याकेटहरू सहित आधा मिलियन ४.२ लाख पैकेट वाई वाई नूडल्सको उत्पादन गर्दै छ । कम्पनीले सिक्किममा पूरै ८५% मार्केट सेयर ओघटेको छ। यहाँबाट, वाई वाईलाई सिक्किम र पश्चिम बंगालको महत्त्वपूर्ण भारतीय बजारमा (३५% बजार सेयरको साथ) र छिमेकी देश भुटानमा वितरण गरेर, ‘मेड इन सिक्किम सर्भड इन इण्डिया’ कम्पनीको दर्शनलाई पनि सफल बनाउद्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *