सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति हुनुभएको छ । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गर्नुभएको छ । तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति हुनुभएको हो । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बन्नुभएको हो ।
हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिनुभएको छ । संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो– चरणको बाँकीे अवधिमा काम गर्नुहुनेछ । सो अवधि सन् २०२५ सम्म रहनेछ ।
पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो । गतवर्षको चुनावपछि उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *