सामसङका उपाध्यक्षलाई दुई वर्षको जेल सजाय

सामसङका मुख्य लगानीकर्ता तथा उपाध्यक्ष ई छोङ योङलाई साढे दुई वर्षको जेल सजाए भएको छ । सोमबार यहाँको उच्च अदालतले आफ्नो कम्पनीलाई फाइदा पुर्‍याउन घूस दिएको आरोपमा उनलाई जेल सजाए दिएको हो । 

गत वर्ष अक्टोबरमा उनको बुबा सामसङ कम्पनीका अध्यक्ष ई कोन हुईको निधन भएपछि उनी नै अध्यक्ष बन्ने निश्चित जस्तै थियो । सन् २०१४ मा हुई विरामी भएपछि नै कम्पनीलाई योङले नै नेतृत्व गर्दै आएका छन् ।

उनलाई सन् २०१७ को फेबु्रअरीमा पार्क ग्युन हे राष्ट्रपति हुँदा सामसङलाई फाइदा पुर्‍याउन ३० अर्ब वन भन्दा बढि घूस दिएको आरोपमा पक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालतले पाँच वर्ष जेल साजाए सुनाएको भए पनि सन् २०१८ मा उच्च अदालतले सजाए काम गर्दै जेलमुक्त गरेको थियो ।

सामसङ कम्पनीमा कोरिया भरि मात्रै ३ लाख भन्दा बढी मानिसहरु प्रत्यक्ष रुपमा काम गर्छन् । कम्पनीले कोरियाली अर्थतन्त्रको २० प्रतिशत कर्पोरेट कर तिर्ने कोरियाली अंग्रजी दैनिक कोरिया हेराल्डले लेखेको छ । संसारभरि नै सञ्चार क्षेत्रमा राम्रो पकट बनाउँदै गएको कम्पनीको मुख्य नेतृत्वकर्तालाई जेल सजाए भएपछि कसरी कम्पनीको व्यवस्थापन हुन्छ भन्ने मुख्य चासोको रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *