साङ्घाईको एक कारखानामा बिहीबार को आगलागीमा आठको मृत्यु

साङ्घाईमा एक कारखानामा बिहीबार लागेको आगलागीमा परी दुईजना अग्नि नियन्त्रकसहित आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार पुष्टि गरेका छन् । विशेषगरी इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यस कारखानामा स्थानीय समयानुसार बिहीबार दिउँसो एक बजेर ३० मिनेटपछि आगलागी शुरु भएको बताइएको छ ।
स्थानीय समयानुसार शुक्रबार बिहान छ बजेर २० मिनेट जाँदा आगो निभाएको जिल्ला सरकारको सूचना कार्यालयले जनाएको छ । यस आगलागीमा परेर ज्यान गुमाएका आठ व्यक्तिको शव भेटिएको बताइएको छ । वरपरको वातावरण र पानी प्रदूषित नभएको प्रारम्भिक छानबिनले सुझाव समितिले बताएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *